छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवम सुचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभयो । एक हप्ता पहिला ति बालिका स्थानीय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर जाँचमा पुगेपछि स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि मात्र घटना सार्वजनिक भएको हो । जवरजस्ती करणी गर्ने ६५ वर्षका पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेर जबर्जस्ती करणी मुद्धा दर्ता गर्दै समयसीमा थप गरी अनुसन्धान अगाडि बढाएको सुचना अधिकारी रोकायाले बताउनुभयो । बालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेका छन् । कक्षा ६ मा अध्ययनरत बालिका महिनावारी भएको एक वर्षमा मात्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार