पुर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित मेचीनगरमा कोरोना सङ्क्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै पुराना ५ , आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थीत आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पुर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना सङ्क्रमण भए पछि समुदायमा कोरोना सङ्क्रमण फैलिएको हुन सक्ने आशंका गरिएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनु भयो । बरालले मेचीनगर बासीलाई थप सर्तक रहन आग्रह समेत गर्नु भएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टी भए पछि काकर भिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना सङ्क्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।