नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईं पक्राउ

नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईं पक्राउ

नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । चौलागाईंलाई प्रहरीले बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो ।

कांग्रेस संस्थापन पक्षका चौलागाईं १५ औँ महाधिवेशनको तयारी बैठकका लागी मन्थली पुगेका थिए । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

उच्च पदस्थहरूको नाम लिएर रकम असुल गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी उमा प्रसाद चतुर्वेदीलेबताउनुभयो ।

चौलागाईंले रकम असुलीका लागी डिल गरेको अडियो सीआईबीले फेला पारेको छ । उनलाई काठमाडौँ लगेर थप अनुसन्धान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार