मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–१ बिटारपार्कस्थित भित्री सडकखण्डमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

शुक्रबार साँझ करिब ७ः४५ बजेको समयमा रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गाडी चालक दोलखा भीमेश्वर नगरपालिका–३ निवासी ३० वर्षीय प्रदिप लामा ढाडमा सामान्य चोट लागी घाइते भएका छन्।

यस्तै, गाडीमा सवार सोही ठाउँका २८ वर्षीय सन्जित तामाङलाई उपचारका लागि मन्थली अस्पताल, रामेछाप लगिएकोमा चिकित्सकले राति ९ः०३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार