श्रम स्वीकृति लिएर विगत पाँच वर्षको अवधिमा रामेछाप जिल्लाबाट ३० हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन्। रोजगारीको अवसर अभाव, सीमित औद्योगिक विकास र कृषि पेशासँग जोडिएको आय स्रोत घटेपछि युवाहरू वैकल्पिक रोजगारीको खोजीमा विदेशिने क्रम बढेको हो।
आ.व २०७७/७८ देखी २०८१/८२ सम्मको अवधिमा रामेछापका ३० हजार एक सय युवाहरु कामको लागि विदेशिएका हुन । ६ हजार ३ सय ३८ जना महिला र २३ हजार ७ सय ६२ पुरुष रोजगारीको लागि विभिन्न देशमा गएका हुन ।
सामी कार्यक्रमका जिल्ला संयोजक दिपक के.सीका अनुसार आ.व २०७७/७८ मा २ सय ५६ महिला र १ हजार ७० पुरुषगरी १ हजार ३ सय २६ जना युवाहरु विदेशका गएका थिए ।
आ.व २०७८/७९ मा १ हजार १ सय ७ जना महिला र ४ हजार ४ सय ३४ जना पुरुषगरी ५ हजार ५ सय ४१ जना युवाहरु कामको शिलशिलामा विदेश गएका थिए ।
आ.व २०७९/८० मा १ हजार ५ सय १५ महिला र ६ हजार ४७ पुरुषगरी ७ हजार ५ सय ६२ जना युवाहरु रोजगारीको लागि विदेश गएको तथ्यांक रहेको छ ।
आ.व २०८०/८१ मा १ हजार ६ सय २७ महिला र ५ हजार ८ सय ४ महिलागरी ७ हजार ४ सय ३१ ज्ना युवाहरु श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
आ.व २०८१/८२ मा १ हजार ८ सय ३३ जना महिला र ६ हजार ४ सय ७ जना पुरुषगरी ८ हजार २ सय ४० जना युवाहरुको काम गर्नकै लागि विदेश गएका हुन ।
एक वर्षमै विदेश जान ४ हजार ६ सय बढीले बनाए पासर्पोट
सामी कार्यक्रमका जिल्ला संयोजक दिपक के.सीका अनुसार आ.व ०८१/८२ मा मात्रै विदेश जानका लागि ४ हजार ६ सय १४ जना युवाहरुले राहदानी(पासर्पोट) बनाएका छन । जिल्लाका ८ वटै पालिकाका २ हजार ९ सय ५६ जना महिला र एक हजार ६ सय ६१ जना पुरुषले पासर्पोट बनाएका हुन ।
मन्थली नगरपालिकाका ७ सय ९९ जना महिला र ४ सय ४१ जना पुरुषगरी १ हजार २ सय ४० जना युवाहरुले पासर्पोट बनाएको तथ्यांक रहेको छ ।
रामेछाप नगरपालिकाका ४ सय ८२ जना महिला र २ सय ८९ जना पुरुषगरी ७ सय ५१ जना युवाहरुले पासर्पोट बनाएको तथ्यांक रहेको छ ।
लिखु तामाकोशी गाउँपालिकाका ४ सय ७ जना महिला र २ सय २३ जना पुरुषगरी ६ हजार ३ सय ८ जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएका हुन ।
खाँडादेवि गाउँपालिकाका ३ सय ५१ जना महिला र २ सय १२ जना पुरुषगरी ५ सय ७० जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएका हुन ।
गोकुलगंगा गाउँपालिकाका ३ सय ३० जना महिला र १ सय ९७ जना पुरुषगरी ५ सय ३२ जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएका हुन ।
उमाकुण्ड गाउँपालिकाका २ सय २६ जना महिला र १ सय ३० जना पुरुषगरी ३ सय ५१ जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएको तथ्यांक रहेको छ ।
सुनापति गाउँपालिकाका १ सय ८६ जना महिला र ८९ जना पुरुषगरी २ सय ७५ जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएका हुन ।
यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाका १ सय ७५ जना महिला र ८० जना पुरुषगरी २ सय ५७ जना युवाहरुले विदेश जानका लागि पासर्पोट बनाएको बताइएको छ ।
वैदेशिक रोजगारीले नागरीकको जीवनस्तरमा परिवर्तन ल्याएको भएपनि परिवार विखण्डन, सामाजिक असर र युवा शक्ति बाहिरिने समस्या बढ्दै गएको छ । आर्थिक कारणले शिक्षा त्यागेर विदेशिने प्रवृत्ति बढ्नु पनि चासोको विषय बनेको छ।
शैक्षिक क्षेत्रमा समेत यसको प्रभाव परेको छ। विशेषगरी माध्यमिक तह पार गरेका युवाहरू मध्ये ठूलो भाग विदेशिने गरेको अध्ययनले देखाएको छ। कलेज तहमा भर्ना हुने विद्यार्थी संख्या घट्नु, गाउँमा युवाहरु नहुनु,खेतबारी बाँझै बस्नुु जस्ता प्रभावहरू देखिएका छन ।
सरकारले उत्पादनमुखी सीप विकास, स्थानीय रोजगारी सृजना र पर्यटन तथा कृषि व्यवसायलाई प्रोत्साहन गर्ने योजनाहरू ल्याए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा विदेशिने युवा संख्या घट्ने संकेत देखिएको छैन।


