रामेछाप अस्पताल रामेछापमा शुक्रबार सम्पन्न भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन । शिवरमा ५ सय १३ जना पुरुष र ३ सय ८७ जना महिलाले सेवा लिएका हुन । शिविरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा ११४ जना,बाल रोग विशेषज्ञ सेवा ३५ जना,स्त्री तथा प्रसूती रोग विशेषज्ञ सेवा १०५ जना ,नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा १२९ जना,शल्यक्रिया चिकित्सा विशेषज्ञ सेवा ४० जना,छाला रोग विशेषज्ञ सेवा १३४ जनाले लिएका छन ।
यसैंगरी ईसिजी सेवा १३५जना,भिआइए सेवा ५९ जना,मेडिसिन सेवा २९९जना,आँखा रोग विशेषज्ञ सेवा २४४,फिजियोथेरापी स्वास्थ्य सेवा १५४ जना,भिडियो एक्सरे सेवा १७०,प्रयोगशाला सेवा १५४ जना र मुटु रोग सेवा ८३ जनाले लिएका छन ।
निजामति कर्मचारी अस्पताल,रामेछाप नगरपालिका र रामेछाप अस्पतालको आयोजनामा शिविर संचालन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । शिविरमा विभिन्न रोगहरुसँग सम्बन्धित विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।