बच्चाहरुको हरेक किसिमको उपचार अहिले रामेछाप अस्पताबाटै भैरहेको छ । अस्पतालमा नियमित रुपमा २४ सै घण्टा बच्चाहरुको लागी ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा संचालन भैरहेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालमा बाल रोग विशेषज्ञ डा निरज श्रेष्ठले नियमित रुपमा ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा दिँदै आउनुभएको छ । बच्चाहरुको विभिन्न रोगको उपचार यहि अस्पतालबाट हुने भएकाले आफ्ना बालबाच्चालाई उपचारका लागी ल्याउन पनि निमिक्त मेसु डा. श्रेष्ठले आग्रह गर्नुभयो ।
अनुभव प्राप्त विशेषज्ञ डाक्टरबाट बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुनेछ । अस्पतालमा धेरै सेवाहरु थप भएसँगै उपचार गर्न आउने बिरामीहरु पनि बढेका छन ।