घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
उपाध्यक्ष महिलामा अन्जु घिमिरे,उपाध्यक्षमा दामोदर घिमिरे,सचिवमा सुन्दर घिमिरे,सह सचिवमा वेद कुमार घिमिरे,कोषाध्यक्षमा सुन्दर घिमिरे,सदस्यहरुमा विनोद घिमिरे,दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,शिवजी घिमिरे,डोरदेव घिमिरे,सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको हो ।
शनिबार(आज) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनको भएको हो ।