चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ ।

मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट रहेकोमा यही पुस २४ गतेसम्म ३६.६५ प्रतिशत चालु र ९ प्रतिशत पुँजीगत बजेट खर्च भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ४७.८४ प्रतिशत अर्थात् एक करोड ८४ लाख १९ हजार ८६० रुपैयाँ आम्दानी गरिसकेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

नगर सभाका अवसरमा नगरपालिकाको विभिन्न वडामा वडा कार्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरूलाई सम्मान गरिएको छ । नगरसभाबाट विभिन्न विधेयकहरु समेत पारित भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार