आधुनिक कृषि सहकारी संस्था लिमिटेड रामेछाप मन्थलीकोे १४ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरि संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्त सहकारीको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गर्नु भएको थियो । साधारण सभाको उद्घाटन् गर्दे प्रमुख अतिथि खड्काले आधुनिक कृषि सहकारीले कृषकहरुलाई ब्यवासायी बनाउन गरेको प्रयासको सरहना पनि गर्नुभयो ।
उहाँले पछिल्लो समयमा सहकारीले आफना शेयर सदस्यहरु र त्यसमा पनि ठुलो सँख्यामा महिलाहरु लाई आधुनिक कृषि प्रविधि मार्फत रोजगारीमा जोडेकोमा सन्तोष ब्यक्त गर्दे साकोषको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । सहकारीको ब्यवस्थापन र दुग्ध उत्पादनमा सहयोग गरेर सहकारीले आफना शेयर सदस्यहरुको आय आर्जनमा ठुलो टेवा पुगेको कुरा पनि उहाँले प्रष्टयाउनुभयो ।
सहकारीका अध्यक्ष शान्ता घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा संस्थाका सचिव भानुभक्त श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ईश्वर घिमिरेले संस्थाको आर्थिक प्रतिवेदन वाचन गरेर सुनाउनु भएको थियो । सो क्रममा सचिव भानुभक्त श्रेष्ठले आफनो प्रतिवेदनमा गत आवमा भएको कार्य प्रगति र आगामी बर्ष संचालन गरिने कार्यक्रमका बारेमा सहभागि र आफना शेयर सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
२०६७ सालमा स्थापना भएको उक्त सहकारीले आफना शेयर सदस्यहरुलाई गुजारामुखि प्रणालिबाट ब्यवसायीक र आधुनिक कृषि प्रणाली तर्फ उन्मुख गराउंदै सहकारी मार्फत पशुपालन,अन्न,तरकारी फलफुल उत्पादन र बजारीकरण सम्म जोडेर आय आर्जन गर्नका लागि विभिन्न सहयोग पुर्याउँदै आएको छ ।
आफना शेयर सदस्यहरुको सम्वृद्धिको अभियानमा सँस्थाले गरेको योगदानका बारेमा पनि सचिवको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा हाल सम्म आई पुग्दा ब्यवसायीक र आधुनिक कृषि उत्पादनको क्षेत्रमा सँस्थाले खेलेको भूमिकाका र आफना शेयर सदस्यहरुले गरेको प्रगतिका वारेमा पनि उल्लेख गरिएको छ ।
हाललाई रामेछाप र मन्थली नगरपालिकालाई मात्र कार्यक्षेत्र बनाएर काम गर्दे आएको उक्त सहकारीले चालु आवमा गर्नै कार्यक्रमको वारेमा पनि १० वटा वुँदामा उल्लेख गरेको थियो ।
जसमा स्थानिय सरकार र अन्य सरोकारी र सहयोगि सँस्थाहरुको समेत सहयोगमा गाई भैसिको ब्यवसायीकतालाई प्रर्वद्धन गर्दे दूध सँकलन तथा प्रशोधन सँगै ब्यवसायीक सँगै बजारी करण का काम गर्नेका लागि विज्ञहरुका रोहबरमा तालिम दिलाउने कुरामा पनि जोड दिने भएको छ । त्यसैगरि शेयर सदस्यहरुको शिप विकास मार्फत उन्नत जातको फलफुलका विरुवा वितरण र वगैचाहरुमा अदुवा र वेसार जस्ता घुसुवा वालिको ब्यवस्थापन र बजारी करणमा पनि सहयोग गर्ने पनि जनाईएको छ ।
गत बर्ष सम्म ६ सय ५ जना शेयर सदस्य रहेको रहेको आधुनिकका हाल सम्म आईपुग्दा कुल ६ सय ३० जना शेयर सदस्य रहेका छन् । हरेक वर्ष आसातित रुपमा सदस्य बृद्धि हुँदै गएको आधुनिक साकोसले चालु आवको अन्त्य सम्ममा आफना शेयर सदस्य सँख्या वृद्धि गरि कुल ९ सय पुर्याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्ल्ोख गरिएको छ । त्यसैगरि चालु आव देखि आफना शेयर सदस्यहरु सँग नियमित बचत सँकलन गर्ने कार्यलाई पनि सँस्थाले सँगै लैजान प्रस्ताव पनि गरेको छ ।
त्यसैगरि संस्थाले हाल सम्म आई पुग्दा १ करोड ५० लाख रुपैयाँको कारोवार गर्न सफल भएको जानकारी कोषाध्यक्ष ईश्वर घिमिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले एक वर्षको विचमा सँस्थाको सबै खर्च कटाएर कुल ३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि कोषाध्यक्ष घिमिरले आफनो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उक्त साधारण सभामा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम वहादुर थापा,मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुँयाल,नेपाल पत्रकार महाँसँघका अध्यक्ष वद्री नयाँघरे,जिल्ला कृषि सहकारी सँघका अध्यक्ष कुमार श्रेष्ठ लगायतका वक्ताहरुले सँस्थाले आफना शेयर सदस्य हरुको ब्यवसायीक हित र आय आर्जनमा खेलेको भूमिकाका बारेमा प्रशँसा गर्दै आगामी बर्षहरुमा यसले आफनो दायरलाई थप मजबुत बनाउँदै लैजानु पर्नै र यसका लागि सवै खाले सरकारको सहयोगको आवश्यक रहेको वताएका थिए ।