रामेछापको बाम्ती स्वास्थ्य चौकीको फार्मेसीमा पानी चुहियो,वडा कार्यालय बेखबर

रामेछापको बाम्ती स्वास्थ्य चौकीको फार्मेसीमा पानी चुहियो,वडा कार्यालय बेखबर

रामेछापको उमाकुण्ड गाउँपालिका २ मा रहेको बाम्ती स्वास्थ्य चौकीको फार्मेसीमा पानी चुहिएको एक हप्ताभन्दा बढी समय भयो । भवनको छतबाट चुहिएको पानीले फार्मेसी कक्षको भुँई पुरै भिजेको छ । छतबाट चहिएको पानी थाप्नका लागी एउटा प्लास्टिकको भाँडो राखिएको छ । त्यो भाँडो पनि भरिएर पानी भुँईमै बगरिहेको छ ।

यसरी हप्ता दिनभन्दा बढी समयदेखी भवनको छतबाट पानी चुहिएको भएपनि मर्मत हुन नसकेको अस्पतालका डाक्टर कमलराज रोकाले बताउनुभयो । भवनको छत मर्मतको लागी वडा कार्यालयलाई जानकारी गराएको भएपनि मर्मत हुन नसकेको उहाँले बताउनुभयो । पानी चुहिएकै कोठामा सबै औषधीहरु राखिएको छ ।

घाम,पानी र ओसबाट औषधीलाई जोगाएर राख्नुपर्ने भएपनि फार्मेसीमै तपतप पानी चुहिएर औषधीहरु बिग्रिने हो कि भन्ने चिन्ता स्वास्थ्य चौकीलाई छ । यो स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं २ का वडाअध्यक्ष खम्बध्ज बस्नेतले यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।‘मैले तपाई मार्फत बल्ल थाहा पाउँदैछु,अब म दुई दिन भित्र स्वास्थ्य चौकी भवनको छत मर्मतको काम गर्न लगाउँछु’– उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार