रामेछापको मन्थली नगरपालिकाले मनायो १० औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले मनायो १० औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले १० औँ स्थापना दिवस मनाएको छ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी (कान्छाराम) ले स्थानिय सरकार वा राज्यको कुनै पनि सँयन्त्रलाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन आग्रह गर्नु भएको छ ।

उहाँले अहिले सम्म आफुले रामेछापको विकासका लागि आफुले आफनो र अर्काको नभनि निष्पक्ष भएर भूमिका निर्वाह गर्दे आएको जानकारी गराउँदै सोहि मान्यताका आधारमा जिल्लाको विकास निर्माणका काममा आफु कृयासिल रहने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो । जसअनुसार आफु जिल्लाका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटै वडाको विकासका लागि दत्त चित्त भएर लागि पर्ने विश्वास व्यक्त गर्दै आफू लागि परेको भन्दै मन्थली–खुर्काेट सडक स्तर उन्नति र मर्मतका लागि १८ करोड रुपैयाँ बजेटका ब्यवस्थापन भई सकेको वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद एवं प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले स्थानीय सरकारको विकासको मोडेल परिवर्तन आवश्यक रहेको वताउनु भएको छ । उहाँले पालिकाहरूलाई व्यवस्थित गर्नका लागि पनि विकासको निति परिवर्तन गर्नु पर्ने दायीत्वका आधारमा सरकारलाई निर्णय लिन पनि आग्रह गर्नु भयो ।

सो अवसरमा मन्थली नगरपालिकाका उप सचिव तथा महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले मन्थली नगरपालिकाले दुई बर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे चालु वर्षको पहिलो चौमासिकको जम्मा १.६५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको जानकारी दिनु भएको थियो । सो अवसरमा उहाँले विकास बजेट अर्थात् पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १.६५ प्रतिशत अर्थात् पाँच करोड २६ लाख आठ हजार ८७९ रुपैयाँ बजेट खर्च भएको जानकारी पनि गराउनु भएको थियो ।

बुढाथोकिको प्रतिवेदनका अनुसार मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट एक अर्ब एक करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत अर्थात् १८ करोड ७० लाख २० हजार ९४५ रुपैयाँ बजेट खर्च गरेको जानकारी पनि आफनो स्थापना दीवसका अवसरमा गराउनु भएको थियो ।

मन्थली नगरपालिकाको प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको उक्त स्थापना दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख चिना कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेले,निवर्तमान मन्थली नगर प्रमुख रमेश कुमार कार्की, मन्थली स्थित राजनितिक पार्टिका प्रमुख र तिनका प्रतिनिधि तथा नेपाल पत्रकार महासँघ लगायतका विभिन्न संस्थाका प्रमुखहरुले पनि नगरको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नगरको परिकल्पना साकार पार्न मन्थली नगरपालिका समक्ष आग्रह गरेका थिए ।

सो अवसरमा नगरपालिकाले नगर भित्र का विद्यालयमा रहेर उत्कृष्ठ पठन पाठन गराउने शिक्षक र विभिन्न तहमा अध्ययनरत विद्यालयका छात्र छात्रा तथा यस बर्षको एसईईमा सर्वाेत्कष्ट अंक ल्याउने विद्यार्थिहरुलाई पनि सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम)को हातबाट सम्मान गरिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार