“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर १५,१६ र १७ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोेगितामा ५ वटै वडाका माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाउनेछन ।