रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह : २ सय ९३ जनाले लिए सेवा 

रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह : २ सय ९३ जनाले लिए सेवा 

रामेछाप अस्पताल रामेछापमा आइतबार(आज) भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा २ सय ९३ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा नशा रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन ।

नाक कान तथा घाँटी रोगका ४६ जना,मुटु रोगका ५३,मानसिक तथा नशा रोगका ३७,पेट आन्द्रा तथा कलेजो रोगका २५ जना,स्त्री रोगका ३० र सामान्य रोगका १०२ जना बिरामीले सेवा लिएका हुन ।

हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिने उद्देश्य अन्तर्गत विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन गरिएको उहाँले बताउनुभयो । बिरामीको सहजताको लागि अस्पतालले हरेक महिना विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न लागेको उहाँले बताउनुभयो ।

मुटु रोग विशेषज्ञ डा. कुन्जन शेर्पा,,स्त्री रोग विशेषज्ञ डा. रश्मी वास्ताकोटी,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. कर्ण राजवंशी,मानसिक तथा नशा रोग विशेषज्ञ डा. नविन देवकोटा र नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमेध मिश्रले बिरामीलाइ सेवा दिनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार