रामेछाप नगरपालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत चापागाई

रामेछाप नगरपालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत चापागाई

रामेछापको रामेछाप नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुभएको छ । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाइले आईतबार(आज) पदवहाली गर्नुभएको छ ।

यसअघि उहाँ काभ्रेको बनेपा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी चापागाइलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत चापागाईले बनेपा नगरपालिकामा आफुले १४ महिना काम गरेको भन्दै सरकारले रामेछाप नगरपालिकामा सरुवा गरेपछि आफु हाजिर भएको बताउनुभयो ।

आफुले धेरै पालिकाहरुमा काम गरेको अनुभव रहेको बताउँदै उहाँले सबै कर्मचारीहरुको साथ सहयोग र एकताले नै काममा बल पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार