खुर्कोट पुलको निर्माण सकियो,शनिबारदेखी नै सवारी संचालन गर्ने तयारी

खुर्कोट पुलको निर्माण सकियो,शनिबारदेखी नै सवारी संचालन गर्ने तयारी

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले बगाएको थियो।

बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बेलिब्रिज वारीपारी जोड्ने काम सम्पन्न भयो अब होचिएको भागलाई उठाउने काम मात्रै बाँकी छ । त्यो काम पनि शुक्रबार रातिसम्म सम्पन्न भएर शनिबारदेखी गाडी चल्छ ।’

नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पु¥याएको छ । रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि सवारी साधना अरनिको राजमार्ग लगायत अन्य वैकल्पिक राजमार्ग प्रयोग गदै आएका थिए ।

खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो । दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन ।

बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अब भने यो समस्या समाधान हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिब्रिज निर्माण गर्न आफै लागिपर्नु भएको थियो । उहाँ बेलिब्रिज छिटो सम्पन्न गर्न आफै निर्माण स्थलमा खटिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार