शनिबार बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुल्यो

शनिबार बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुल्यो

शनिबार(आज) बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुलेको छ । दोलखाको मेलुङ गाउँपालिकामा रहेको मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा सडक भासिएपछि गाडी आवागमन अवरुद्ध बनेको थियो ।

केही बेर अघिदेखी उक्त सडक सुचारु भएको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाण्डौसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाण्डौ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुङ्गाका विभिन्न भागबाट काठमाण्डौ जाने र ती ठाउँका लागि काठमाण्डौबाट छुटेका मालवाहक र यात्रुवाहक गाडी रोकिएका थिए । अवरुद्ध बाटो खुलाइएपछि सवारी साधनहरु आफनो गन्तव्य तर्फ लागेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार