रामेछापमा सामाजिक संजालबाट ठगिनेको संख्या बढ्दो,सचेत रहन प्रहरीको आग्रह

रामेछापमा सामाजिक संजालबाट ठगिनेको संख्या बढ्दो,सचेत रहन प्रहरीको आग्रह

रामेछापमा पनि सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दामा पिडित हुनेको संख्या बढ्दै गएको छ । फेसबुक, ह्वाट्स एप्स, ईस्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत ठगिनेको संख्या लगातार बढ्दै गएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जीमेल लगायत संजाल ह्याक गरी म्यासेज पठाई पैसा माग्ने गरेको र चिनजानको साथीलाई साँच्चै समस्या परेको भन्ठानेर पैसा ट्रान्सफर गर्दा ठगिने गरेका छन् ।

अनलाइन ठगीका घटना बढ्न थालेकाले सचेत रहन प्रयोगकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय रामेछापले अनुरोध गरेको छ । आफ्नो बैंक खाताको ओटिपी वा अन्य कुनै ब्यक्तिगत जानकारी मागेमा नदिन समेत प्रहरीले अनुरोध गरेको छ ।

अन्जान ब्यक्तिको फ्रेन्ड रिक्वेसन्ट नस्विकार्न, नजिककै मान्छेको फेसबुक म्यासेन्जर, ह्वाट्स एप्स लगायतका सामाजिक संजालको बिश्वास नगर्न र यदि पैसा वा अन्य कुनै कारोबार गर्नपरे सम्वन्धीत मान्छेसंग भेटेर वा टेलिफोनबाट निश्चित गरेर मात्र कारोवार गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार