यो वर्ष रामेछापमा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न, अधिकांश खेत बाँझै

यो वर्ष रामेछापमा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न, अधिकांश खेत बाँझै

यो वर्ष रामेछाप जिल्लामा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मिन बहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रका गरी जम्मा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको हो । रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ ।

असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म रामेछापका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाइँ ढिला भएको हो । असारको मध्येसम्म पनि रामेछापमा करिब १० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।

यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको दोस्रो सातासम्म करिब १८ प्रतिशत रोपाइँ भइसकेको थियो । तर यस वर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको मन्थली किसान पूर्ण बहादुर थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार