रामेछापको सुनापति गाउँपालिकाले आगामी आ.ब को लागी ल्यायो ६५ करोड ९० लाख रुपैयाँको बजेट

रामेछापको सुनापति गाउँपालिकाले आगामी आ.ब को लागी ल्यायो ६५ करोड ९० लाख रुपैयाँको बजेट

रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६५ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि विभिन्न क्षेत्रलाई समेटेर सोमबार सम्पन्न भएको गाउँ सभाले ६५ करोड ९० लाख ५२ हजार बराबरको बजेट ल्याएको हो ।

उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन भएको छ ।

त्यस्तै वडा तर्फ वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं २ लाई ४२ लाख ८८ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार वडा नं ४ लाई ४७ लाख ६४ हजार र वडा नं ५ लाई ४५ लाख ७८ हजार गरी कुल वडागत रूपमा योजनाहरू तर्फ २ करोड २५ लाख रकम विनियोजन भएको छ ।

साथै गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम समेत ल्याएको हो । गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार