नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की दोश्रो हुन सफल भएकी छिन । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दोश्रो हुन सफल भएको उनको बुबा केदार कार्कीले बताउनुभयो ।
आईतबार(आज) भएको फाईनलमा उनी दोश्रो भएकी हुन । उनले १ लाख ४६ हजार ४ सय २० भोट प्राप्त गरेकी हुन । एपि वान टेलिभिजनबाट प्रशारण भएको रियालिटी सो नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) मा उनले निकै सुन्दर र उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन ।
श्री गौरीशङ्कर मावि रामेछापमा कक्षा ५ मा अध्ययनरत दीपशिखा १० वर्षकी छिन । नेशन गट ट्यालेन्टमा आरध्या महर्जन पहिलो भएकी छिन भने साम्रागी पन्त तेश्रो हुन सफल भएकी छिन ।