समाजसेवी संगिता घिमिरेद्वारा जन्मदिनमा सडकमानवलाई भोजन सेवा

समाजसेवी संगिता घिमिरेद्वारा जन्मदिनमा सडकमानवलाई भोजन सेवा

जापानमा बस्दै आएकी समाजसेवी संगिता घिमिरेले आफ्नो जन्मोत्सवको अवसर पारेर असार ४ गते काठमाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं मानिसहरुलाई भोजन गराएकी छिन् । उनले दुःखी, गरीब एवम् असहाय हुनुभएका मानिसहरुलाई भोजन गराउन युवा समाजसेवी प्रदिप घिमिरेलाई पन्ध्र हजार आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् । समाजसेवी प्रदिप घिमिरेले विगत ५ वर्ष (कोरोनाको सुरुवाती चरण) देखी दिनदुःखीहरुलाई खाना खुवाउँदै आएका छन् ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ४ सालुमा पिता गंगा प्रसाद घिमिरे र माता पुन कुमारी घिमिरेको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मिएकी संगिता अध्ययनको सिलसिलामा जापानमा रहेकी छिन् । उनले जापानमा बस्दै आएका सिन्धुलीका पुस्कर पहाडीसंग केही वर्ष अगाडी लगनगाँठो कँसेकी हुन् । उनको कोखबाट एक सन्तान छोराको जन्म भएको छ ।
सानै उमेरदेखी परोपकारी कार्यमा अग्रसर रहेकी संगिताले गरीब, दुःखीहरुलाई भोजन गराउन समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग गरेकी थिइन । प्रदिपले सहयोगी हातहरुको सहयोगबाट भोकाहरुलाई भोजन, नाङ्गाहरुलाई नाना र विरामीहरुलाई स्वस्थ्यसेवाको प्रवन्ध गर्दै आएका छन् । आम युवाहरुको लागि प्रदिप प्रेरणाको श्रोत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार