रामेछापको मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक,एक अर्ब बढीको बजेट प्रस्तुत

रामेछापको मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक,एक अर्ब बढीको बजेट प्रस्तुत

रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नगरसभाको १५ औँ अधिवेशन माफर्त नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । यो बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ हजार रुपैयाँले कमी हो ।

उपप्रमुख बस्नेतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा चालु तर्फ (६८.९९) प्रतिशत अर्थात् ७० करोड ३५ लाख १० हजार रुपैयाँ र पुँजीगत तर्फ (३१.०१) प्रतिशत अर्थात् ३१ करोड ६२ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । बजेट वक्तव्यमा आगामी वर्ष आन्तरिक स्रोतबाट तीन करोड ९१ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा नगर सभाबाट स्वीकृत भएका साना ठुला गरी ४४८ वटा योजना तथा कार्यक्रम रहेकोमा ४२६ वटा योजनाहरू सम्झौता भई ३२४ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी भइसकेको उल्लेख छ ।

नगरले दिगो र गतिशील अर्थतन्त्र मार्फत नगरको आर्थिक वृद्धि हासिल गर्ने, पूर्वाधार विकास मार्फत स्वरोजगार र नागरिक कल्याणकारी कार्य गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाई मार्फत नगरलाई आत्मनिर्भर अर्थतन्त्र उन्मुख गराउने उद्देश्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार