रामेछाप अस्पतालका मेसु र कर्मचारीबिचको विवाद मिल्यो,अब उत्कृष्ट काम हुने

रामेछाप अस्पतालका मेसु र कर्मचारीबिचको विवाद मिल्यो,अब उत्कृष्ट काम हुने

रामेछाप अस्पताल रामेछापमा केही दिन अघि मेडिकल सुपरिटेण्डेन्ट र अस्पतालमा कार्यरत कर्मचारी बिचको विवाद मिलेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले मेसु डा.अचुत पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने,कर्मचारीको आफनो पदभन्दा फरक किसिमको काम गर्न लगाउने,काम गरिरहेको समयमा ध्यान अन्यत्रै केन्द्रित हुने खालको काम दिने गरेको कर्मचारीले बताएका थिए ।

अस्पतालमा कार्यरत ४० जना कर्मचारीहरुले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई काम गर्ने वातावरण नभएको भन्दै पत्र पठाएका थिए । अस्पतालका कर्मचारीहरुले यदि काम गर्ने उचित वातावरण नबनेमा थप आन्दोलनमा जाने र सामूहिक राजीनामा दिने घोषणा समेत गरेका थिए । अन्तत यो विवाद समाधान भएको छ ।

बिहिबार अस्पतालमा बसेको बैठकबाट विभिन्न निर्णयहरु सहित विवाद समाधान भएको अस्पतालका मेसु अचुत पौडेलले बताउनुभयो । कर्मचारीहरुले पनि आफनो समस्या मेसुसँग खुलेर भन्न नसक्दा यो समस्या आएको बताउनुभयो । आफु बाल रोग विशेषज्ञको रुपमा धेरै अस्पतालहरुमा काम गरेको भएपनि मेसुको जिम्मेवारी पहिलो पटक रामेछाप अस्पतालमा आएर सम्हालेको बताउनुभयो ।

पहिलो पटक मेसुको जिम्मेवारी सम्हालेर काम गर्दै गर्दा सामान्य त्रुटीहरु हुन गएको भन्दै उहाँले अब अस्पतालमा कुनै पनि समस्या र विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्ता सामान्य विवादहरु आन्तरीक छलफलबाटै समाधान गरिने उहाँको भनाई छ । सबैसँग समन्वय र सहकार्य गरेर अस्पतालको विकासमा आफु रातदिन नभनी लागी पर्ने मेसु पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार