रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् ।

खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर बिहिबार दिउँसो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका तमाङलाई तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको रामेछाप प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार