रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्र वनाउने अभियान सुरु

रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्र वनाउने अभियान सुरु

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ । मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर आजदेखी रामेछाप नगरपालिकामा सुरु भएको हो । आज रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ ।

भोलिदेखी बाँकी सबै वडाहरुमा परिचय पत्रका लागि खटाइएको टोलीले एकै साथ काम थाल्ने रामेछाप नगरपालिकाका प्रशासन शाखाका प्रमुख नारायण सुवेदीले बताउनुभयो । आज विहानैदेखि राष्ट्रिय परिचय पत्र वनाउनका लागि वडा नं ८ र ९ मा नागरीकहरुको भिड लागेको छ । राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न र फोटो खिचाउन आ–आफ्नो वडा कार्यालयमा जान नागरीकहरुलाई सुवेदीले आग्रह गर्नुभयो ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले जिल्लाका ६४ वटै वडा कार्यालयमा पुग्ने टोलीले ३ महिना भित्रमा राष्ट्रिय परिचय पत्र वनाउन विवरण भर्ने र फोटो खिचाउने काम सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार