यात्रुको गुनासो सुन्न मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष

यात्रुको गुनासो सुन्न मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ ।

रामेछाप सदरमुकाम मन्थलीमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । मन्थलीको देवकोटा चोकमा यात्रुहरुको गुनासो सुन्न यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।

चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको रामेछापका ट्राफिक प्रहरी प्रमुख चन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले सबै यातायात व्यवसायीहरुलाई आफ्नो सवारी साधनमा भाडादर राख्न पनि भनेका छौं। सहायता कक्षमा पनि भाडादर राखेका छौं। कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं।’

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी खटाईएको छ। दशैंका लागि भनेर गाउँ फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार