रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुशल प्रशासक होम ब थापा

रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुशल प्रशासक होम ब थापा

रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुशल प्रशासक होम बहादुर थापाले जिम्मेवारी सम्हाल्नुभएको छ । यस अघि रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख भएर काम गर्नुभएका थापा सोमबार देखि प्रमुख प्रशासकीय अधिकृत भएर गोकुलगंगा गाउँपालिकामा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत थापाले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर आफूसँग भएको अनुभवलाई प्रयोग गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत थापालाई मंगलबार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), उपाध्यक्ष उषदेवी कार्की लगायतले सफलताको शुभकामना दिँदै सिंगो गाउँकार्यपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सुझाब दिएका छन । प्रमुख प्रशासकीय अधिकृत थापासँग स्थानीय निकाय तथा स्थानीय तह भएपछि नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको लामो अनुभव रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार