बजेट सम्बन्धी तीन अध्यादेश स्वीकृत

बजेट सम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । अघिल्लो सरकारको पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले तीनवटै अध्यादेश स्वीकृतिका लागि पेश गर्नुभएको थियो ।

तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयोे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तीनवटै अध्यादेश अस्वीकृत गरियोस् भन्दै प्रस्ताव राख्नुभएको थियो । सुवालको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै अर्थमन्त्रीका प्रस्ताव स्वीकृत भएको सभामुखले घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार