जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार
पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको हिजो मृत्यु भएको हो ।

गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको थियो । उमेशको घरमै र रिखिसराको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेका २९ वर्षीया दानमाया सिंह ठकुरी, ३० वर्षीया धनकुमारी ठकुरी, ३६ वर्षीया चनकुमारी खाम्चा मगर र १५ वर्षीया बिमला खाम्चाको चितवनमा उपचार भैरहेको छ ।बिरामी परेका ८० वर्षीय प्रेमबहादुर ठकुरी भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार