रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक महिलाको मृत्यु भएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीका ४५ वर्षिय एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।
मृतक महिलालाई थप उपचारको लागी काठमाडौँ लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । मृतक महिलामा हिजो मात्रै एन्टिजेनबाट कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।