देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ३८ जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थतथा जनसंख्यामन्त्रालयले आजआयोजना गरेको पत्रकार सम्मेलनमाप्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामाकोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७जनामापोजिटिभ देखिएको छ । २४ घण्टामा ४ हजार ४४४ सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ लाख १हजार ६३४ पुगेको छ । जसमध्ये ७हजार २९१ जना संस्थागतआइसोलेसनमा र ९४ हजार ३४३ जनाहोम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार