दुर्गा भवानीको उपसना गरी चैते दसैँ मनाइँदै

दुर्गा भवानीको उपसना गरी चैते दसैँ मनाइँदै

दुर्गा भवानीको उपासना गरी आजचैते दसैँ मनाइँदै छ । दानवीशक्तिमाथि दैवीशक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवीभागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।यो दिन अशोकको फूलखानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।

चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार