सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग काँग्रेसको माग

सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग काँग्रेसको माग

काँग्रेसले कोरोना भाइरस सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । काँग्रेसको कोभिड १९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले  विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गर्नुभएको हो । समितिले पीसीआर परीक्षण दायरालाई व्यापक बनाउन, सबै जनतालाई कोभिड १९ विरुद्धको खोप पु¥याउने, खोप आपूर्तिका लागि उच्च कूटनैतिक पहल गर्न, स्वास्थ्यकर्मीहरुको बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ । पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखिएको भन्दै व्यवस्था सुनिश्चित गर्न, हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार