विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख पुगेको छ ।पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।यो समाचार तयार पार्दासम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । विश्वभरका सङ्क्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ८७हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । हालसम्म अमेरिकामा सङ्क्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना सङ्क्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी सङ्क्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल सङ्क्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।कोरोनाको खोप विकास गरेको दाबी गरेको राष्ट्र रसियामा सङ्क्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना सङ्क्रमित निको भइसकेका छन् ।रसियामा पछिल्लो २४ घण्टामा थप ८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एसियाली मुलुक भारतमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै सङ्क्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार