रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार नगरपालिकामा क्वारेन्टिन निर्माण, व्यवस्थापन, खाना , खाजा र गाडीमा ११ लाख ६२ हजार ४१ रुपैयाँ खर्च भएको छ ।
हेल्थ डेक्सका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र डिसईन्फेक्सन छर्कने व्यक्तिले खाना खाजा खाए वापत १ लाख १५ हजार १ सय ५० , डिसईन्फेक्सन छर्कने ड्राईभर लगायतका व्यक्तिहरुलाई अतिरिक्त समयमा काम गरेवापत ३६ हजार ६ सय , सेतो गुँरासमा आईसोलेसन केन्द्र व्यवस्थापनमा ३३ हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ ।
यसैगरी अक्सिजन तथा अक्सिजन फ्लोमिटर लगायतको खरिदमा १ लाख ८० हजार ८ सय , आई एफ आर थर्मोमिटर , डिजिटल थर्मोमिटर तथा सर्जिकल क्याप र माक्स लगायत खरिदमा ४ लाख २६ हजार , कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा १५ लाख ५७ हजार ७ सय ५ रकम खर्च भएको छ । स्यानिटाईजर , माक्स लगायतका सामाग्री खरिदमा १ लाख ३७ हजार ७ सय ९० र राहत वितरणमा ५ लाख ४६ हजार १ सय ८ रुपैयाँ गरी अहिलेसम्म ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएकोे स्वास्थ्य शाखा प्रमुख फुयालले बताउनुभयो ।