रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर शिल गरिएको छ। वडामा रहेको स्वास्थ्य चौकीका एक जना स्व्ाास्थ्यकर्मिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि निषेध गरिएको हो। वडाकार्यलयद्वारा जारी विज्ञप्तिमा वडाको स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण सेवासमेत बन्द गरिएको बताइएको छ। त्यस क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले आजदेखि १८ गतेसम्म पसल व्यवसाय नखोल्न, सवारी साधन नचलाउन हिँडडुल नगर्न र अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किन सम्पुर्णमा अनुरोध गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले बताउनुभयो ।


 
				
							 
			 
                                     
                                     
                                     
                                     
                                     
                                    