उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँचहजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् । उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ। यस्तै काठमाडौं उपत्यकाकाविभिन्न ठाउँमा ६ हजार बेड क्षमताकाक्वारेन्टाइन पनिनिर्माण गरिने भएको छ । काठमाडौं उपत्यकाएकीकृत क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारहरूको समन्वयमाजतिसक्दो छिटो क्वारेन्टाइन निर्माणको कामथाल्ने निर्णय गरेको गृह मन्त्रालयका सूचनाअधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । काठमाडौं, भक्तपुर र ललितपुरमाउचित स्थान छनौट गरेपछि आइसोलेसन बेडनिर्माण गरिने र संक्रमण देखिएका तर लक्षण नदेखिएकाहरूलाई त्यहाँ राख्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार