आन्तरिक उडान सुरु गर्ने तयारी

आन्तरिक उडान सुरु गर्ने तयारी

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले चाडबाड आएको र उडान खोल्नुपर्नेमा सरकारले छलफल गरिरहेको भन्दै तराईमा भने तत्काल उडान नखुल्ने बताउनुभयो । पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भईरहेको मन्त्रालयका सचिव केदार अधिकारीले बताउनुुभयो । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार