रामेछापमा ३३ जना कोरोना संक्रमित हुँदा,८८५ जनाको पिसिआर परीक्षण

रामेछापमा ३३ जना कोरोना संक्रमित हुँदा,८८५ जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ८ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय २ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लामा हालसम्म ७ सय २० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा २ सय ३९ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ३४ , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका ५९ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा शुक्रबार अर्थात आजसम्म ५९ जना क्वारेन्टिनमा रहेका छन । ९ जना महिला र ५० जना पुरुष गरि ५९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा २२ ,रामेछाप नगरपालिकामा १० ,गोकुलगंगा गाउँपालिकामा १५,लिखुतामाकोशी गाउँपालिकामा ९ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ५९ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ५३ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार