रामेछाप जिल्लामा ६९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा ६९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ६९ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला २ र पुरुष ६७ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २१ , रामेछाप नगरपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ८ , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ७ जना गरी ६९ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार