रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म ५ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ८६ जनाको पीसीआर नेगेटिभ आएको छ । ८ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लाका २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर गईसकेका छन । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ९३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ५३ , दोरम्बा गाउँपालिमा १६ , लिखुतामाकोशी गाउँपालिमा ९१, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा १४ र जिल्ला अस्पतालमा २७ जनाको पीसीआर परीक्षणका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार