निरन्तरको वर्षाले रामेछापको जनजीवन प्रभावि

निरन्तरको वर्षाले रामेछापको जनजीवन प्रभावि

केही दिनदेखी परेको अविरल वर्षाले रामेछापको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । रात दिन झरी परेपछी ग्रामीण क्षेत्र जाने सडकहरु अबरुद्ध भएका छन भने खेतिपाती लगाउने बेलामा झरिले नराम्ररी प्रभावित बनाएको किसानहरुले बताएका छन । झरिले किसानहरुले लगाएको भर्खर सुत्ला च्याप्दै गरेको मकै ढलेको रामेछाप सुकाजोरका कृषक गोपाल महताराले बताउनुभयो । कृषि , पशुपालनसँगै व्यवसायमा पनि झरिले असर पुर्याएको रामेछापका व्यवसायिहरुले बताएका छन । मौषमविदहरुले यहि साउन ८ गतेसम्म झरी पर्ने भन्दै सचेत रहन नागरिकहरुलाइ आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार