रामेछापको उमाकुण्ड गाउँपालिकाको अपिल

रामेछापको उमाकुण्ड गाउँपालिकाको अपिल

केही दिन देखि निरन्तर भैरहेको वर्षाको कारण रामेछापको उमाकुण्ड गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ। वर्षा संगै आएको बाढी र पहिरोको कारण गाउँपालिकाको सबै वडाहरुको धेरै मानव बस्तिहरु उच्च जोखिममा परेका छन । गाउँपालिकाका मुख्य तथा सहायक सडक हरु बाढी र पहिरोको कारण अबरुद्ध भैरहेको छ भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरु समेत बाढी पहिरोको कारण क्षति हुने स्थितिमा छ।

यस्तो प्राकृतिक बिपत्तिमा उमाकुण्ड गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने मुख्य सडकहरुमा सवारी चल्ने गरि काम गरिरहेको छ भने अति जोखिममा परेका नागरिकहरुलाई पुनर्स्थापना गर्ने कामलाई उच्च प्राथमिकता दिरहेको छ।यस बिपतको घडिमा प्राकृतिक बिपत्तिबाट आफू बाच्ने र अरुलाइ बचाउनको लागि हामी सबै सचेत हुन जरुरी छ।तसर्थ बाढी पहिरोको उच्च जोखिम रहेको गुम्देलको लिखु खोलाको किनाराको बस्तिहरु,बाम्तिको रोशी ठाडो खोला लगायतको बस्ती हरु, भुजिको ठिन्केपु एरिया,कुबु कास्थलिको बस्तिहरु,प्रीतिको बस्तिहरु र गुप्तेस्वरको बस्तिहरुमा उच्च सतर्कता अपनाइ निरन्तर जनप्रतिनिधिहरु, कर्मचारीहरु,प्रहरी प्रशासन र बिपत जन्य घटनामा सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरु संग निरन्तर सम्पर्कमा रहिदिनु हुन उमाकुण्ड गाउँपालिका सबै नागरिकहरुमा हार्दिक अपिल गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार