रामेछापको मन्थली खिम्ती सडक खण्डमा पहिरो

रामेछापको मन्थली खिम्ती सडक खण्डमा पहिरो

आइतबारबाट देशभर लगातार वर्षा भैरहेको छ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षेती गरिरहेको छ । रामेछापमा भने अहिलेसम्म वर्षा पछिको बाढी पहिरो लगायतका कुनै घटना नभएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । तर साउन ८ गते बिहीवारसम्म निरन्तर वर्षा हुने भएकाले सम्भावित घटनालाई मध्येनजर गरी आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ । रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जिल्लामा वर्षादका कारण अहिलेसम्म त्यस्तो अप्रिय घटना नघटेको बताउनुभयो।

उहाँले केहि सडकमा सामान्य पहिरो खसेको र लेदोमाटो आएको भएपनि अवरुद्धनै हुनेगरी समस्या भने नभएको बताउनुभयो। प्रहरी नायव उपरिक्षक पाठकले मन्थली खिम्ती सडक खण्डका एक दुई स्थानमा सामान्य पहिरो खसेको र त्यसलाई पन्छाउनका लागि सम्बन्धित निकायसंग समन्वय भैरहेको बताउनुभयो । यो अवधीमा हल्का देखी भारी वर्षा हुने र नदी आसपासका क्षेत्रहरुमा डुवान तथा पहाडी क्षेत्रहरुमा पहिरो तथा बाढी जान सक्ने भएकाले सुरक्षा सर्तकता अपनाउन जिल्लावासीलाई प्रशासनले अनुरोध गरेको छ । प्रशासनले विपद् सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएकाले केहि त्यस्ता घटनाहरु घटे तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न ,बाढी पहिरो तथा डुवानबाट जोखिममा रहेका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध पनि गरेको छ । प्रशासनले वर्षादको समयमा नदी खोलाको आसपासमा बालबच्चालाई नछोड्न,बाढी पहिरोबाट हुनसक्ने सडक अवरुद्ध हटाउन उद्धार उपकरण तयारी अवस्थामा राख्न ,विपद् प्रभावित क्षेत्रहरुमा यातायत , विद्युत , खानेपानी र सञ्चार लगायत अत्यावश्यक सेवा सुचारु राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार