रामेछापमा ९ महिनाको अवद्यिमा सवारी साधन कारबाहिबाट २३ लाख बढि राजश्व संकलन भएको छ । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा २१ सय ४९ सवारी साधन कारबाहिबाट २३ लाख २५ हजार ५ सय २ रुपैयाँ राजश्व संकलन भएको हो ।
ट्राफिक नियम विपरित चलेका सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी सहायक निरीक्षक सुवाशचन्द्र मण्डलले बताउनुभयो । उहाँका अनुसार साउन महिनामा २ सय ४२ वटा सवारी साधन कारबाहीबाट ३६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।
भदौमा ३ सय १३ सवारी कारबाहिबाट २ लाख ९३ हजार,असोजमा २ सय ४१ सवारी कारबाहिबाट २ लाख ७० हजार २ सय राजश्व संकलन भएको हो । कातिकमा २ सय ८४ वटा सवारी कारबाहिबाट ३ लाख ३० हजार ५ सय,मंसिरमा २ सय १२ वटा सवारी कारबाहिबाट २ लाख ३० हजार ५ सय,पुसमा २ सय ९ वटा सवारी कारबाहिबाट २ लाख २५ हजार ५ सय राजश्व संकलन भएको हो ।
यसैगरी माघ महिनामा १ सय ८९ वटा सवारी कारबाहिबाट २ लाख १ हजार राजश्व संकलन भएको प्रसनि मण्डलले बताउनुभयो । फागुनमा २ सय १५ वटा सवारी कारबाहिबाट २ लाख ३४ हजार ५ सय र चैत्रमा २ सय ४४ वटा सवारी कारबाहिबाट ३ लाख ३ हजार राजश्व संकलन भएको उहाँको भनाई छ ।
सिट संख्या भन्दा बढि यात्रु राख्ने, हेल्मेट नलगाउने, ब्लुबुक, सवारी इजाजत पत्र नबोक्ने लगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहि गरिएको प्रसनि मण्डलले बताउनुभयो ।