जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार एक सूचना जारी गरी होली पर्व मार्यादित र सु–संस्कृत ढंगबाट मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलद्वारा हस्ताक्षरीत उक्त सूचनामा यही फागुन २९ गते पहाडी जिल्लामा रंङ र खुसियाली पर्व का रुपमा मानाइने होली (फागु) पर्व को जिल्लाबासी सबैलाई शुभकामना दिँदै यो पर्व आ–आफ्नो धार्मिक,सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्दन र प्रबर्दन हुने गरी सभ्य र भब्य रुपमा मर्यादित र सु–संस्कृत ढंगबाट मानाउन आग्रह गरिएको छ ।
सूचनामा होली पर्व मनाउने क्रममा जबरजस्ती,अमर्यादित,गैर कानुनी, र उत्श्रृङ्खल तरिकाले कसैको इच्छा बिपरित रंङ दल्ने लोला हान्ने, अनाबश्यक दुखः दिने,बाटो ढुकेर बटुवालाई रंङ लगाउने,सवारी साधन बाट रकम अशुल्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यहरु नगर्न आग्रह गरिएको छ ।
उक्त सूचनामा रंङ खेल्ने क्रममा वातावारण र जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने रंगिन बस्तुहरु, केमिकल र प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न समेत आग्रह गरिएको छ । कानून विपरितका कार्य भए गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाइएको छ ।