रामेछापको रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुभएको छ । उहाँले सोमबार(आज) ३३ औँ जन्म दिनको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।
अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका १८ जना बिरामीलाई स्याउ,केरा,जुस र बिस्कुट वितरण गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई सहितको उपस्थितीमा बिरामीलाई फलफूल वितरण तथा शिघ्र स्वास्थ्य लाभको कामना गरिएको हो ।