तामाकोशी नदिमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

तामाकोशी नदिमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

तामाकोशी नदिमा करेन्ट लगाएर माछा मार्ने क्रममा रामेछापमा एक युवकको ज्यान गएको छ । गएराति १० बजेको समयमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा जिल्लाको मन्थली नगरपालिका–८ चिसापानी स्थित जखनीटारका २१ वर्षीय सुरेश माझीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लगाएर माछा मार्न भन्दै गए राति जखनीटारका मृतक माझी सहित ६ जना तामाकोशीमा गएका थिए ।प्रारम्भिक अनुसन्धानबाट उक्त युवकको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताउनुभयो ।

अहिले मृतक माझीसँगै माछा मार्न साथी गएका २६ वर्ष र २२ वर्षका दुई युवक , १८ वर्षका एक जना र १३ वर्षका दुई जना किशोरहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार