निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

‘खुशी,सुशी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान’ भन्ने मूल नाराका साथ स्थापना भएको निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जुन उद्धेश्यले यो संस्था स्थापना भएको हो सोहि अनुसार कामहरु भैरहेको महसुस आफुले गरेको उहाँले बताउनुभयो ।

दैनिक बचत गर्ने बानिले समस्या परेको बेलामा धेरै राहत मिल्ने भन्दै उहाँले नियमित बचत गर्ने बानि बसाल्न आग्रह गर्नुभयो । वडाले हरेक नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने कामलाई निरन्तरता दिँदै आएको समेत उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै केवलेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठले सहकारी क्षेत्रमा पछिल्लो समय धेरै समस्या देखिएपनि रामेछापमा यस्तो समस्या नरहेको उहाँले बताउनुभयो । हरेक ऋणीहरुले लिएको ऋण सहि सदुपयोग गरेर समयमै बुझाएमा सहकारीहरु कुनै समस्या नआउने उहाँको भनाई छ ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख ७० हजार ७ सय ९६ रुपैया आम्दानी गरेको संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । संस्थाको शेयर पुँजी २४ लाख ९३ हजार,सदस्यहरुको बचत निक्षेप ४ करोड ४० लाख ६३ हजार ७ सय १७ रुपैयाँ रहेको बताइएको छ । संस्थाले २ करोड ९३ लाख २२ हजार ७ सय ७५ रुपैया ऋण लगानी गरेको छ ।

वार्षिक साधारण सभा कार्यक्रममा शेयर सदस्यहरुको बिचमा हाजिरी जवाफ,जेष्ठ नागरीक सदस्य सम्मान,मृतक सदस्यको परिवारलाई राहत कोष वापतको रकम प्रदान,बाल सदस्यबाट शेयर सदस्यमा वृद्धि हुनेलाई कप वितरण र चिठ्ठा कार्यक्रम समेत गरिएको थियो ।

यो सहकारी संस्थामा ७ सय ६५ जना शेयर सदस्य र १ सय ९८ जना बाल सदस्य रहेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा कार्यालय रहेको संस्था २०६९ फाल्गुण २२ गते स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार